जुम्ला पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो, एकजना अझै बेपत्ता
मेरोन्यूज
२०७९ असोज २२ गते १२:०९

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर–५ को मोपरिवाडामा घरमाथिबाट पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन् भने एक जनाको उद्धार भएको छ ।
प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलका अनुसार गणेश बहादुर शाहीको घरमा उनका छिमेकीसहित गएराती नौ जना सुतिरहेको समयमा बिहान अन्दाजी ४ बजे एक्कासी पहिरो आएको थियो ।
पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने दुई जनालाई हेकिप्टरमार्फत उपचारका लागि लैजाने तयारी भइरहेको छ ।
अन्दाजी २२ वर्षका विद्या हमाल अहिले पनि हराइरहेका छन् भने प्रहरीको टोलीले खोजतलास जारी राखेको उनले बताए । ‘गणेशका छिमेकीको घरमाथि पहिरो आउने डरले उनीहरु गणेशको घरमा हिजो सुत्न आएका रहेछन् ।’ उनले भने ।
सम्बन्धित
















जन्ममिति बदलेर सरकारी निकायलाई पारियो गुम्राह, अझै छानबिनको टुंगाे लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया