बिहीबार, पुष १०, २०८२

भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्ने पक्का

मेरोन्यूज २०७९ असोज २५ गते २०:५७

काठमाडौँ । भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्नु हुने भएको छ । वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन् ।

उनी भारतको ५० औँ प्रधानन्यायाधीश बन्ने भएका हुन् । उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुने छ । सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ ।

केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता नयाँ प्रधानन्यायाधीश चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयको आग्रहअनुसार वर्तमान प्रधानन्यायाधीशले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरेका हुन् ।

वर्तमान प्रधानन्यायाधीश ललितले भने तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल गत अगस्ट २६ मा सकिएपछि जिम्मेवारी पाएका थिए । उनको कार्यकाल ७४ दिनको मात्र छ ।

प्रतिक्रिया