बिहीबार, पुष १०, २०८२

बेलायती प्रधानमन्त्री बनेको दुई महिनामै लिजले दिइन् राजीनामा

मेरोन्यूज २०७९ कार्तिक ३ गते १८:५०

काठमाडौँ । दुई महिनाअघि बेलायतको प्रधानमन्त्री बनेकी लिज ट्रुसले राजीनामा दिएकी छन् । आफूले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता हुँदा प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले कन्जरभेटिव पार्टीले दिएको म्यान्डेड पूरा गर्न नसकेको बताइन् ।

जिम्मेवारी छाडेसँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन भएसँगै नयाँ प्रधानमन्त्री बन्ने उनले बताइन् ।

बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै प्रधानमन्त्री बनेकी हुन् ।

प्रतिक्रिया