गीतको भिडिओ उद्घाटनमा पुगे पर्यटन मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ एउटा म्युजिक भिडिओ उद्घाटन गर्न पुगेका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता ‘रानी माया’ गीतको भिडिओ उद्घाटन भएको हो । कार्यक्रममा अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यता रहेको थियो ।
गीतको भिडिओ उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, ‘गीत संगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ, यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ, हामी पनि यस्ता गीत संगीतप्रति सकारात्मक छौँ, चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस् भनेर यहाँ आएको हुँ ।’

गायक कृष्ण बिक र गायिका समीक्षा अधिकारीले गाएको उक्त गीतमाको शब्द श्रीकृष्ण बम मल्लको शब्द रहेको रहेको छ ।
गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् । गीतमा स्वयं गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए ।
















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
संविधान संशोधनबारे छलफल
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया