गीतको भिडिओ उद्घाटनमा पुगे पर्यटन मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ एउटा म्युजिक भिडिओ उद्घाटन गर्न पुगेका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता ‘रानी माया’ गीतको भिडिओ उद्घाटन भएको हो । कार्यक्रममा अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यता रहेको थियो ।
गीतको भिडिओ उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, ‘गीत संगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ, यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ, हामी पनि यस्ता गीत संगीतप्रति सकारात्मक छौँ, चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस् भनेर यहाँ आएको हुँ ।’

गायक कृष्ण बिक र गायिका समीक्षा अधिकारीले गाएको उक्त गीतमाको शब्द श्रीकृष्ण बम मल्लको शब्द रहेको रहेको छ ।
गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् । गीतमा स्वयं गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया