प्रत्यक्षमै ९०, समानुपातिकमा ५० सिट जित्ने एमालेको दाबी

काठमाडौँ । नेकपा एमालेले आगामी चुनावलाई ‘मिसन हण्ड्रेट फिप्टी’को ‘टार्गेट’ बनाएर चुनावी अभियान चलाएको छ । मंसिर ४ ओली सरकार भनेर उसले आगामी चुनावपछिको भावी प्रधानमन्त्रीका रुपमा पार्टी अध्यक्ष केपी ओलीलाई अगाडि सारेर चुनावी अभियानमा छ ।
उसका प्रतिनिधिसभातर्फ देशभर १४१ उम्मेदवार छन् । बाँकी २४ स्थानमा राप्रपा, जसपा, जनता प्रगतिशिल, कांग्रेस विपी, कांग्रेसकै बागीलगायतलाई छाडेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह्रमा टिकट दिएर उम्मेदवार बनाएको छ । झापा, रुपन्देही, बाँकेसम्म राप्रपासँग चुनावी तालमेल गरेर उसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र आफ्नो पार्टीका अध्यक्ष केपी ओलीको जित सुनिश्चित गराउन खोजेको छ ।
प्रत्यक्षमा उम्मेदवारी दिएका १४१ उम्मेदवारबाट कम्तीमा ९० देखि १०० र समानुपातिकतर्फ स्थानीय तहमा पार्टी उम्मेदवारहरूले ल्याएका मत जोगाउँदै थप ६ प्रतिशत कम्तीमा मत जोगाउने र ५० माथि सिट जित्ने महात्वाकांक्षी अपेक्षा एमालेले चुनावमा बनाएको छ ।
त्यसका लागि सत्ता गठबन्धनसँग भिड्न एमालेले राप्रपाका दुवै खेमा, हृदेशय त्रिपाटीको जनता प्रगतिशिल, एकनाथ ढकालको परिवार दलदेखि उपेन्द्र यादवको जसपासम्मलाई आफ्नो गठबन्धनमा ल्याएका छन् ।
‘हामीले मिसन ‘हन्ड्रेट फिफ्टी’ भनेका छौँ, १५० सिट ल्याउने उद्देश्यका साथ अगाडि बढेका छौँ, बहुमत ल्याउँछौं,’ बिहीबार मात्रै एक दैनिक पत्रिकासँगको अन्तर्वार्तामा ओलीले दाबी गर्दै भनेका छन्, ‘२७५ मध्ये १५० सिट हामीले ल्याउँदा १२५ सिट त अरूलाई बाँकी नै छ नि । हाम्रो मिसन असम्भव कसरी भयो ? जनताले हाम्रो नीति, हाम्रो काम र व्यवहारको हिसाबले हेर्दा पूर्वाग्रही केही तत्त्वबाहेक अरूले अवश्य नै अन्त भोट दिने ठाउँ नै छैन ।’
सत्ता गठबन्धनमा रहेका पाँच दलको चेपुवामा परेको एमाले पार्टीको महत्वाकांक्षा पूरा गर्न आक्रामक चुनावी रणनीतिमा छ । भोट बढाउनकै लागि अध्यक्ष केपी ओलीले तीनवटा रणनीति अघि सारेका थिए । पहिलो युवा पुस्तालाई आकर्षित गर्ने, दोस्रो मधेसमा प्रभाव विस्तार गर्ने र तेस्रो, धार्मिक मत तान्ने ।
त्यसै रणनीतिमा ओली कहिले र्याप गीत गाउन ठमेलमा युवा पुस्तासँग झुम्मिने नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुग्नु, कल केपी बा जस्ता कार्यक्रम चलाउनु र सार्वजनिक रुपमै सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालाई लाइभ डिभेडमा आमन्त्रण गर्नु ओलीको गठबन्धनमा हाबी हुने रणनीति थियो । मधेसमा मत तान्न उनले अन्य दलबाट निक्कै नेता तान्ने प्रयास पनि गरे । तर पनि एमालेले सोचेको जस्तो रणनीतिमा पछिल्लो समय मधेसमा सिके राउत, शहरमा राष्ट्रिय स्वतन्त्र पार्टी र पहाडमा सत्ता गठबन्धन अवरोधक बनिदिँदा एमाले अप्ठरारोमा देखिन्छ ।
चुनावी अभियानका क्रममा राजनीतिक दलले आफनो चुनावी ‘स्टन्ट’ पनि बनाउने गर्छन । प्रतिस्पर्धी पार्टीभन्दा आफूलाई बलियो देखाउने र जनतामा एक खालको ह्विम ल्याउने गरी दलहरुले योजना बनाएका हुन्छन् । सत्ता गठबन्धनका दलहरु कांग्रेस, माओवादी, एमालेबाटै विभाजित बनेर गएको एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चादेखि लोसपासम्म एकातिर रहेको र विगतमा बलियो जनमत दिँदा पनि सरकार पाँच वर्ष टिकाउन नसकेको र दुई दुई पटक असम्वैधानिक रुपमा संसद विघटन गरेको आरोप खेपिरहँदा एमाले अध्यक्ष केपी ओलीले भनेजस्तो १५० सिट एमालेको कसरी आउँछ ? भन्ने प्रश्न आफैमा छदैछ ।
तर एमालेले भित्री रुपमा विभिन्न स्रोत परिचालन गरेर आफैले पनि चुनावी सर्वे गराएको समाचारहरु सार्वजनिक भईरहेका छन् । त्यसक्रममा एमालेले प्रत्यक्षतर्फ कम्तीमा ३५ देखि ४० सिट जित्ने आंकलन गरेको देखिन्छ ।
















थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया