विश्वकपमा आयोजक कतार दोस्रोपटक पराजित
मेरोन्यूज
२०७९ मंसिर ९ गते २१:२०

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाई पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो ।
कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४१ औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै, खेलको ४८ औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पुर्याए ।
त्यसपछि खेलको ७८ औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो ।
खेलको ८४ औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए । जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ । यता कतारको यो लगातार दोस्रो हार हो ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया