कतार विश्वकप २०२२
नेदरल्याण्ड्स र सेनेगल नकआउट चरणमा
आयोजक राष्ट्र कतार र इक्वेडर समुह चरणबाटै बाहिरियो

काठमाडौं । कतारमा जारी विश्वकप फुटल प्रतियोगितामा समुह एबाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति एकै समयमा भएको खेलमा कतारलाई २-० ले पराजित गर्दै नेदरल्याड्स अन्तिम १६ मा पुगेको हो । त्यस्तै सेनेगलले इक्वेडरलाई २-१ ले पराजित गदैं अन्तिम १६ मै स्थान पक्का गरेको हो ।
समुह एको विजेताका रुपमा नेदरल्याड्स र उपविजेताको रुपमा सेनगल अन्तिम १६ मा प्रवेश पाएको हो । अव नेदरल्इाड्सले समूह बी को उपविजेता र सेनेगलले समुह बीको विजेतसँग भिड्ने पक्का भएको हो।
समुह ए को अन्तिम तथा निर्णायक खेलमा सेनेगलले इक्वेडरलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा इक्वेडर खेलमा फर्कंदै नकआउट चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर कप्तान कालिडु कौलीबालीले गोल गर्दै सेनेगललाई अघि बढाए ।
खलिफा रंगशालामा मंगलबार इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरे ।
दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका लागि मोइसेस काइसेडोले बराबरी गोल फर्काए । कर्नरमा हेडर डिफ्लेक्ट हुँदै अनमार्क रहेका काइसेडोको खुट्टामा आएपछि उनले सहजै गोल गरे ।
तर सेनेगलले दुई मिनेटपछि नै पुनस् अग्रता लियो । कालिडु कौलीबालीले सेटपिसको रिबाउन्डमा गोल गर्दै सेनेगललाई अघि बढाए । फ्रिकिकमा रिबाउन्ड भएको बललाई उनले पेनाल्टी क्षेत्र भित्रबाट टप कर्नरमा गोल गरेका थिए ।
यस समूहबाट नेदरल्यान्ड्स अपराजित रहँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । कतारविरुद्धको खेलमा नेदरल्याण्ड्सको जितमा कोडी गोक्पो र फ्रेंकि डे जोङले गोल गरेका थिए । खेलको २६ औं मिनेटमा गोक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो। डे जोङले ४९ औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु टोलीमाथि सहज जित हात पार्यो।

यसअघि पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको थियो। इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो।
९ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स खेलेका सबै विश्वकपमा समूह चरण पार गरेको छ। यसअघि नै तीन पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सले उपाधि भने जित्न सकेको छैन।
















अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया