कतार विश्वकपको हृदयस्पर्शी पल
नेदरल्यान्ड्सका डली ब्लिनले अमेरिकालाई गोल गरेपछि आफ्नै बाबुसँग साटेको त्यो भावनात्मक क्षण..

काठमाडौं । नेदरल्यान्ड्सले कतारमा जारी विश्वकप फुटवलमा अमेरिकालाई ३ -१ ले पराजित गदैं अन्तिम ८ मा आफनो स्थान सुरक्षित गरयो । जितका लागि नेदरल्यान्ड्सका मेम्फिस डिपे, डली ब्लिन र डेन्जल मुम्फ्रिसले एक एक गोल गरेका थिए ।
अमेरिकाले एक गोल फर्काएको थियो । अमेरिकाका लागि हाजी राइट्सले गोल गरेका थिए ।
तर यो खेलमा नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध गोल गरिरहँदा एउटा असाध्यै हृदयस्पर्शी पल देखा परेको थियो । त्यो हो- नेदरल्यान्ड्सका खेलाडी डली ब्लिनले आफनो गोलको सेलिव्रेट आफ्नै बाबुसँग गरेको क्षण। डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोली नेदरल्यान्ड्सको लागि दोस्रो गोल गरेका थिए ।

तर उनको त्यो गोल तेस्रो अन्तर्राष्ट्रिय गोल थियो । त्यो गोलको खुसीयाली उनले आफ्नै बुवा ड्यानी ब्लिन्डसँग साँटन चाहे । त्यसपछि उनी कोच बसेको बेन्चमै पुगे । जहाँ उनको आफ्नै बुवा पनि थिए । डेली ब्लिन्डको बुवा ड्यानी ब्लिन्ड नेदरल्यान्ड्सका कोच लुइस भान गालको ब्याकरूम स्टाफको रूपमा काम गर्थे । उनले गोल गरेपछि आफनै बुबासँग भावनात्मक क्षण साझा गरे ।
यस्तो क्षण जो कोहीले प्राप्त गर्न सक्दैनन । जुन क्षण नेदरल्यान्ड्सका खेलाडी डली ब्लिनले प्राप्त गरेका थिए ।
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया