मेसीको गोलमा पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध अर्जेन्टिनाको अग्रता

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रेलियाविरुद्धको खेलमा अग्रता लिएको छ ।
अहमद बिन अली रंगशालामा जारी खेलमा अर्जेन्टिना १-० ले अघि छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरे । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै हाफमा खेलिएको थियो ।
अष्ट्रेलियाले अग्ला कदका खेलाडीको फाइदा उठाउँदै लामो बल खेल्दै डिफेन्स लाइन बिट गर्न खोजेको थियो । तर अर्जेन्टिनाको पेनाल्टी क्षेत्रतिर बल पुर्याउन नसक्दा अधिकांश आक्रमण प्रयास सफल हुन सकेन ।
अर्जेन्टिनालाई खेलको मध्य भागमा खेल्न नदिने हिसाबले मिडफिल्ड बलियो पारेको अष्ट्रेलियाको रणनीति ३५ मिनेटसम्म मात्र टिक्यो । खेलको सुरुवातदेखि कम्तीमा एक खेलाडीबाट मार्क भएका मेस्सीलाई खुला छोड्नु निर्णायक भयो ।
मेस्सीेेले पेनाल्टी क्षेत्र बाहिरबाट सुरु गरेको आक्रमण उनी आफैं दुइ पासपछि भित्र पसेर फिनिस गरे ।
खेलको ३५ अौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो । मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो । निकोलस अोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो ।
यस खेलको विजेताले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया