बुधबार, वैशाख १६, २०८३

सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

मेरोन्यूज २०७९ मंसिर १९ गते ६:२६

काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

Advertisement
NiccNicc

अन्तिम १६ को खेलमा सेनेगलमाथि ३-० गोलको जित निकाल्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो। इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ मिनेटमा बुकायो साकाले इंग्ल्यान्डका लागि तेस्रो गोल गरे।

पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्‍यो। यसपटक ह्यारी केनले गोल गरे।

फिल फोडेनले उपलब्ध गराएको पासमा केन सफल भएका थए। अफ्रिकी च्याम्पियन सेनेगललाई पराजित गरेसँगै इंग्ल्यान्डले अन्तिम आठमा प्रतिद्वन्द्वी साविक विजेता फ्रान्स पाएको छ। फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई पाखा लगाएको थियो।

प्रतिक्रिया