वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति

काठमाडौँ । काठमाडौँ महानगरले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ ।
महानगर ८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका क्लबले बाजासहितको नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पशुपति क्षेत्रमा प्राचीन कालदेखि विभिन्न चाडपर्वमा प्रदर्शन हुने गरेका सांस्कृतिक झलक देखाइएको थियो ।
उक्त अवसरमा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले विश्वमै सांस्कृतिक सहरका रुपमा परिचित महानगर दिवस सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताइन् । सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका बाजासहित नृत्यको आ–आफ्नै महत्व रहेको उनले बताएकी थिइन् ।
महानगर ८ का वडाध्यक्ष आशामान सङ्गतले हरेक जात्रा पर्वको महत्वलाई आत्मसात् गर्दै संरक्षण गर्न आवश्यक रहेको बताए । महानगर मूर्त, अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा लागेको उनले भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा र महानगरका जनप्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा देव खलका प्रमुखलाई सम्मान पत्रसमेत प्रदान गरिएको थियो । महानगर दिवस यही मङ्सिर २९ गते मनाइँदै छ ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया