मेयर सुशिला शाहीले बनाए पत्रकारलाई बन्धन, प्रेस चौतारीद्वारा ध्यानाकर्षण

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकारलाई बन्धक बनाएको घटनाप्रति प्रेस चौतारी कैलालीले ध्यानाकर्षण गराएको छ ।
न्यूज २४ टेलिभिजनको सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयमा कार्यरत पत्रकार तथा प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य स्वैम ढुंगानालाई मेयर शाहीले बन्धक बनाएर सञ्चार सामाग्रीसमेत नियन्त्रणमा लिएकी थिइन् । नगरपालिकाका सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको सूचना पाएपछि पत्रकार रिर्पोटिङ गर्न जाँदा बन्धक बनेका हुन् ।
प्राप्त सूचनाअनुसार मेयर शाहीले नगरपालिकाका सरकारी सवारी साधन दुरुपयोग गरी घर निर्माण कार्यमा प्रयोग गरेको पाइएपछि पत्रकारले क्यामेरामा भिडियो रेकर्ड गरिरहेका बेला उनलाई हातपात गर्दै नियन्त्रणमा लिइएको हो । उनलाई दुई घण्टासम्म बन्धक बनाएर गुण्डा गर्दी शैलीमा सबै भिडियो डिलिट गराएर दुव्र्यवहार गरेको प्रेस चौतारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमाण्डको टोली सम्बन्धित स्थलमा पुग्दा प्रहरीकै अगाडि मेयर शाहीले समाचारका लागि लिइएको भिडियो डिलिट गराएकी थिइन् ।
















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया