बुधबार, माघ १४, २०८२

एमाले निकट अनेरास्ववियुले रेशम चौधरी छुटाउन खोजिएको भन्दै विरोध प्रदर्शन

मेरोन्यूज २०७९ मंसिर २७ गते १०:३५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लगाएका छन् ।

प्रतिक्रिया