वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा
काठमाडौँ । दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्कोघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ ।
वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए ।
विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ । निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ ।
घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री भने, “हत्या नै भएको हो भन्ने आधार छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ, के कारण हत्या भयो भन्ने कुरा हामी अनुसन्धानमै छौँ ।”
यी दम्पतीको एक छोरा एक छोरी छन् । छोरा बुहारी नै काठमाडौँमा डेण्टल क्लिनिक चलाएर बस्छन् । छोरी ज्वाईंको पनि आफ्नै व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य जाँचका लागि आमाबुबालाई काठमाडौँ बोलाएको पनि रहेछ ।
आमाले अहिले केही समस्या छैन, केही दिनमा काठमाडौँ आउँछु भन्नुभएको रहेछ तर, त्यही शुक्रबार साँझको फोन वार्तालाप नै अन्तिम बन्यो । ‘शुक्रबार साँझ ७ः३० बजेतिर कुरा गरेको थिए, शनिबार विश्वकप हेर्न लागेकाले गर्दा कुरा गर्ने मेसो मिलेन, आइतबार साँझ फोन गर्दा फोन उठेन, केही बेरमा आमाको मोबाइल अफ भयो,’ विष्णुबहादुर र निरमायाका छोरा कुमारले भने, ‘हत्यारा पत्ता लगाएर कानुनअनुसार कारबाही गरियोस् ।’
छोरा कुमारसँगको कुराकानीअनुसार सधैँजसो आमाबुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । सन्चो विसन्चोको कुरा हुन्थ्यो । पटकपटक काठमाडौँ आएर बस्नुस् भनेर छोरा कुमारले भन्नुभएको पनि रहेछ । ‘तर, बूढाबूढी हामी गाउँमै बस्छौँ भन्थे र त्यही झुप्रो घर छोड्न मान्नु भएन,’ कुमारले भने, ‘आज यस्तो भोग्नुपर्यो ।’
शुक्रबारको कुराकानी पछि शनिबार छोरा कुमारले फोन नै गरे । आइतबार साँझ फोन गर्दा पहिलोपटक फोन उठेन । केहीबेरपछि फोनको स्विच अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोचे र छोरा कुमारले त्यति खोजी गरे । एक्कासी सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेको कुमारले सुनाए । उनले भने, ‘हतारिएर घर आइपुग्दा प्रहरी र स्थानीयले घर छेकेर बसिरहेको रहेछ ।’
आइतबार यी दम्पतीलाई छिमेकीले पनि कसैले ख्याल राखेनन् । घरबाहिर पनि देखिएन । सधैँजसो गोठालो जाने, घाँस काट्न जानेसँग पनि आइतबार यी दम्पतीको भेट भएन । आइतबार पनि नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतीलाई मृतावस्थामा फेला पारेको पहिलोपटक घटनास्थल पुग्ने बताउँछन् ।
















2 killed, 3 injured as roofs collapse in S. Afghanistan
संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्याे चुनावी घोषणापत्र
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
निर्वाचनका लागि दाङमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
बाँकेमा ६१ मतदानस्थल संवेदनशील
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया