बैतडीमा एक शिक्षक मृत फेला
मेरोन्यूज
२०७९ पुष २ गते १९:१३
काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक शिक्षक मृत फेला परेका छन् ।
श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बैतडीको सुर्नया गाउँपालिका २ घर भई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहका अनुसार विष्टको मृत्युबारे केही खुल्न सकेको छैन ।
सम्बन्धित
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया