काठमाडौं उपत्यकाको ट्राफिक अवस्था कस्तो छ ?

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको जनाएको छ । जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा चलिरहेको छ ।
उपत्यकाका अन्य चोकहरू ग्वार्को, सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ ।
खानेपानीको पाइप मर्मतको कार्य भइरहेका कारण महाराजगञ्ज शीतल निवास नजिकैको बाटो हुँदै सामाखुशीतर्फ जाने सवारी साधन चल्न सकेका छैनन् । आउने सवारी साधन भने सहजै आइरहेका छन् ।
बाटो मर्मतको विषयलाई लिएर स्थानीयले विरोध गरेका कारण उना थसी–चाल्नाखेल सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट चलाइएको छ ।
















प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
Trump says another “armada” sailing towards Iran
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया