विश्वकपमा कीर्तिमानी मेसी

काठमाडौँ । कतारमा सम्पन्न २२ औँ फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गर्दा कप्तान लियोनल मेस्सीको नाममा धेरै कीर्तिमानी बने ।
फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेलका लागि मैदानमा टेक्नासाथ मेसीले कीर्तिमान बनाए । उनले विश्वकपमा सबैभन्दा धेरै २६ खेल खेल्ने कीर्तिमानी बनाए । उनले सम्पन्न विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे ।
कतारमा विश्वकप खेल्नुअघि नै मेसीले विश्वकपको चार संस्करणमा सहभागी हुँदै १९ खेल खेलेका थिए ।
यस्तै, फ्रान्सविरुद्ध २४ मिनेट खेल्नासाथ मेसीको नाममा अर्को कीर्तिमानी थपिन पुग्यो । इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक धेरै समय खेल्ने कीर्तिमानी पनि उनकै नाममा पुग्यो ।
विश्वकपमा दुई हजार २१७ मिनेट खेल्दै कीर्तिमानी बनाएका माल्दिनीको स्थानमा मेसीको नाम लेखिन पुग्यो । यो प्रतियोगिताको अन्त्यसँगै मेसीले आफ्नो नाममा दुई हजार ३१३ मिनेट विश्वकप खेल्ने कीर्तिमान बनाए ।
मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने अर्को कीर्तिमानी थपे । यसका लागि उनले महान खेलाडी म्याराडोनालाई नै पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये उनी एक बने ।
खेल, गोल मात्र नभई मेसीले विश्वकपमा सबैभन्दा धेरै असिस्ट गर्ने अर्को कीर्तिमान थपे । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक खेलाडी बन्न पुगे । यस्तै, फ्रान्सविरुद्ध फाइनलमा गोल गरेका मेसीले विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एक मात्र खेलाडी बने ।
यस्तै, मेसीले विश्वकपमा १९ खेलमा कप्तानी गर्ने अर्को कीर्तिमान थप्दै गर्दा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरे ।
देशका लागि अन्तर्राष्ट्रिय स्तरको उपाधि जिते पनि केही गर्न नसकेको आरोप लाग्दै आएको मेसीले सबै प्रश्नहरू एकसाथ बन्द गरिदिएका छन् । साथै, उनले आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न सकेका छन् ।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया