बिहीबार, माघ १५, २०८२

चार्ल्स शोभराजलाई छाडन् सर्वोच्चको आदेश

मेरोन्यूज २०७९ पुष ६ गते १८:२२

काठमाडौँ । चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदबाट मुक्त गर्न आदेश दिएको हो ।

यस्तै, आदेश भएसँगै १५ दिनभित्र उनको आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ ।

शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उनी हत्याको आरोपमा जेलमा रहँदै आएका थिए ।

प्रतिक्रिया