अपराध अनुसन्धानमा केन्द्रित हुन निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानमा केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
भर्खंरै सरुवा भएर कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज सम्बोधन गर्दै उनले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहन निर्देशन दिएका हुन् ।
उनले हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात् अब प्रहरीको नियमित काममा केन्द्रित रहन निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति सङ्ख्यामा अपराधी पक्राउ परे ? जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो ? तस्करी नियन्त्रणमा केकस्ता प्रयास भए ? आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न केकस्ता काम भए ? त्यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।
नागरिकबाट आउने महत्वपूर्ण सूचना प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । उनले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताए ।
















अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया