कुटपिटबाट सिन्धुपाल्चोकमा एक पुरुषको मृत्यु
मेरोन्यूज
२०७९ पुष ९ गते २०:३५
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ डाँडा टोलमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ ।
२९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोही ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अश्लिल शब्द प्रयोग गरी गाली गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।
शनिबार बिहान साढे ४ बजे घाइते मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा सम्लग्न पासाङ लामा शेर्पा र उनका श्रीमान् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया