बैंकिङ कसुरका चार दोषी पक्राउपछि अदालतमा पेस
काठमाडौँ । बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त मुद्दाका दोषी मकवानपुको हेटौँडा उपमहानगर ३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्यव नगरपालिका–१० बस्ने ३५ वर्षीय रामसुन्दर कार्की र गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरुलाई पक्राउ गरेको हो ।
उनीहरूमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
उनीहरूमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद रु ३४ लाख ९० हजार जरिवाना, विकासलाई १५ दिन कैद र ४२ लाख जरिवाना, राम सुन्दरलाई चार दिन कैद र १५ लाख ९२ हजार जरिवाना र नवराजलाई १० दिन कैद तथा २९ लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया