रुपन्देहीका व्यवसायीकाे राष्ट्र बैंकमा धर्ना

भैरहवा । बैंककाे ब्याजदर बढी भएकाे भन्दै रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवासयीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।
रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै व्याजदर एकल विन्दुमा कायम गर, सावा र व्याजदर भुक्तानी अवधि बढाउ, पर्यटन व्यवसायिलाइ विस्थापित हाेइन स्थापित गर, चालू पुँजीकर्जा निर्देशिका २०७९ खारेज, लिलाम बिक्री खारेज गर, उद्योग व्यवसाय गर्ने वातावरण कायम गरलगायतका नारा लगाउँदै विराेध जनाएका थिए ।
सिद्धार्थनगर उद्याेग वाणिज्यसंघबाट सुरु भएकाे विराेध र्रयाली विद्राेही चाेक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै राष्ट्र बैंक अगाडि धर्ना बसेका थिए । धर्नामा यस क्षेत्रका दर्जन बढी संघसंस्थाकाे ऐक्यबद्धता रहेकाे छ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया