बुधबार, माघ १४, २०८२

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ

मेरोन्यूज २०७९ पुष १२ गते १६:३३

काठमाडौँ । सुर्खेतमा अवैध लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब एक ग्राम ९० मिलिग्रामसहित सोमबार १८ वर्षीय किशोरसहित उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । 

स्थानीय एक कटेजमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
 

प्रतिक्रिया