बुधबार, माघ १४, २०८२

सन्दीपको मुद्दामा तीन आदेश जारी, किशोरीको जन्म दर्तादेखि डाक्टरको बकपत्रसम्म

मेरोन्यूज २०७९ पुष १२ गते १७:३४

काठमाडौँ । बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउन आदेश दिएको हो ।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौँले आज तीनवटा आदेश दिएको छ । जसमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउन आदेश दिएको हो ।

यस्तै, किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रमा बोलाउने र अर्का क्रिकेटर देव खनालसँग पनि थप घटनाबारे बुझ्ने आदेश दिएको छ ।

प्रतिक्रिया