बिहीबार, माघ १५, २०८२

१४ वर्षीय बालकको हत्या आरोपमा दुई जना पक्राउ

मेरोन्यूज २०७९ पुष १३ गते १३:२५

काठमाडौँ । प्रहरीले वीरगञ्ज २५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको अपहरणपछि हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज १७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका १ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्ने ३० वर्षीय दिलीपकुमार पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी उनीहरूको संलग्नताबारे जानकारी दिएको हो । घटनामा थप एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्याको उद्देश्य फिरौती माग्ने रहेको प्रहरीले जनाएको छ ।

गत मंसिर ५ गतेदेखि हराएका निरजको शव ३४ दिनपछि गाउँकै गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवनमा फेला परेको थियो ।

प्रतिक्रिया