आइतबार, चैत २९, २०८२

सामुदायिक अस्पतालको शिविरमा ६ सय ७५ जनाले लिए सेवा

मेरोन्यूज २०७९ पुष १४ गते ७:४९


लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका १०  धुसेनीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सुन्दरबजार नगरपालिकास्थित एचडिसिएस नमूना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको हो । 

स्वास्थ्य शिविरमा महिला रोग सम्बन्धी स्वास्थ्य परीक्षण, छाला रोग, दन्त रोगसम्बन्धी परीक्षण, ल्याव परीक्षण, मनोविमर्श सेवा, भिडियो एक्स रे सेवा, जनरल परीक्षण गरिनुको साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको एचडिसिएस नमूना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

शिविरमा स्वास्थ्य शाखा सुन्दरबजारको आयोजनामा सोही अवसरमा एकीकृत जनस्वास्थ्य अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर खस्ने समस्या तथा अन्य महिला रोग सम्बन्धी समस्याको उपचार सेवा दिइएको सुन्दरबजार स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले जानकारी दिए ।
शिविरबाट १ सय २० जना पुरुष, ५ सय ५५ जना महिला गरी ६ सय ७५ जनाले सेवा लिएको बताइएको छ । सेवा लिने मध्ये ९८ जनाले दन्त परीक्षण, ८७ जनाले यूएसजी, १ सय २४ जनाले रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा ६५ जनाको ल्याव परीक्षण गरिएको थियो ।

एचडिसिएस नमूना सामूदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार शिविरमा २५ जनाको विग्रीएका दाँत उखेलिएको, ८ जनाको छाला रोग सम्बन्धी र ८ जनाको पाठेघर खसेको समस्याको उपचार गरिएको थियो ।

यसअघि वेसीशहरस्थित एचडिसिएस जिल्ला अस्पताल सरहको सेवा दिने उद्देश्यले नमूना सामूदायिक अस्पताल एचडिसिएसले सञ्चालन गरिरहेको छ । हाल एचडिसिएस नमूना सामूदायिक अस्पतालमा गुणस्तरीय सेवा शुरु भएको भन्दै छिमेकी पालिकाका व्यक्तिहरु उपचारको लागि आउने क्रम बढ्दै गएको छ । 

अस्पतालले आफ्नो सेवाबारे जानकारी दिनुको साथै गाउँका सर्वसाधारणलाई गाउँमै सेवा दिने उद्देश्यले शिविर सञ्चालनको कार्य थालेको बताइएको छ । सुन्दरबजार नगरपालिकाका केहि स्थान, तनहूको भानु नगरपालिका, लमजुङको दोर्दी र राईनास नगरपालिका लगायतका स्थानमा स्वास्थ्य शिविर संञ्चालन पश्चात अस्पतालबाट थप सेवा दिने लक्ष्य रहेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिएका छन् । 

एचडिसिएस नमूना सामूदायिक अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीका अनुसार अस्पतालमा अव विशेषज्ञ डक्टर सहित गुणस्तरीय सेवा दिने क्रम शुरु भएको बताएका छन् । 

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले नमूना सामूदायिक अस्पताल एचडिसिएसले संचालन गर्न थालेपछि अव सुन्दरबजारबासी मात्र नभएर छिमेकी जिल्ला र पालिकाका सर्वसाधारणले स्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । 

गाउँमा स्वास्थ्य शिविर राखिएपछि सर्वसाधारणले गाउँमै उपचार सेवा पाएको सुन्दबजार नगरपालिका १० का वडाअध्यक्ष दिपकराज ढकालले बताए ।

प्रतिक्रिया