नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

काठमाडौँ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुस १ देखि सञ्चालन भएको ‘नेपाल-इण्डिया ब्याटेलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ ।
अभ्यास आज बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धारका साथै स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको थियो ।
उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए ।
समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिनु हुँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले सहभागी दुवै देशका सैनिकलाई प्रमाण पत्रसमेत प्रदान गरेका थिए ।
समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल नं. ३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी प्रमुख सेनानी अमित शर्मा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढीप्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया