बिहीबार, माघ १५, २०८२

बर्दियामा लागू औषधसहित एक पक्राउ

मेरोन्यूज २०७९ पुष १४ गते २१:२२

काठमाडौँ । सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागू औषधसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका २ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर २ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागू औषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए ।

थारुको साथबाट भे ९ प ४८१० नम्बरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया