बिहीबार, माघ १५, २०८२

जब गुडिरहेको टेम्पोमा आगो लागेपछि…

मेरोन्यूज २०७९ पुष १५ गते ८:०७

काठमार्डाै । काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ। पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने बा १ ह ३९६७ नम्बरको टेम्पोमा बिहान ७ बजे आगलागी भएको हो । आगलागीबाट टेम्पोमा क्षति भएको छ ।

टेम्पो चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतका अनुसार एक्कासी झ्वाट्ट गर्‍यो, धुवाँ आउन थाल्यो,‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ।

‘उनले भने यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। ‘म, स्थानीय र प्रहरी भएर जारको पानी खन्यायौं तर आगो निभेन र दमकम आएर आगो निभाएको हो।’

टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

प्रतिक्रिया