मर्स्याङ्दी नदीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता
मेरोन्यूज
२०७९ पुष १५ गते १६:१९
काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ काप्रेभीरबाट मर्स्याङ्दी नदीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।
लमजुङको बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ बिजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।
सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीका लागि बेँसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया