आज काठमाडौं लगायत देशैभरको मौषम कस्तो छ ?

काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सुरकुहिरो लागिरहेको छ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार काठमाडौंमा आज आंशिक बदलीदेखि मौसम समान्यतः सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
हिमपात र बाक्लो हुस्सुरकुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया