हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित

धरान। धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।
दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन् । हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पुर्याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताए ।
“साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएका फलफूल, केरालगायतका अन्यबाली नोक्सान पु¥याउँदै आएका छन्”, भरौलबासी नीरकुमार कार्कीले भने, “साँझ परेपछि हात्ती धपाउन मानिसहरु तयार हुनुपर्छ । जङ्गल नजिक घर हुने रातभर निदाउन पाउदैनन् ।”
पन्ध्र दिन अघिदेखि हरेक राति हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेका छन् । हात्तीले मानिसमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर बस्दै आएका छन् ।
एक दिन अठ्ठाइस वटा हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए । बराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष राजदिप लामाका अनुसार बराहक्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरियाबीच पानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदैं आएका छन् । हात्तीले वडा नं ३ मा दुई वटा घर क्षति पु¥याएको वडाध्यक्ष लामाले बताए । बाक्लो बस्ती भएको यो क्षेत्र जङ्गलसँग जोडिएको छ । वडा नं १, २, ३ र ५ जङ्गलसँग जोडिएका घनाबस्ती पर्छ ।
कार्कीले नडाहा क्षेत्रको कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले हात्ती आएपछि साइरन बजाएर खेदाउने गर्दै आएका छन् । स्थानीय, जनपथ प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताए । हात्तीले क्षति पु¥याएका घरधनीलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
















ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया