साेरुका जेष्ठ नागरिकलाई ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण

मुगु । सोरु गाउँपालिकाले करिब ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले रकम निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्ने थालेकाे हाे ।
चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्नुपर्ने भए पनि पालिकामा लेखापाल नहुँदा ६ महिनापछि भत्ता वितरण गर्नुपरेकाे गाउँपालिकाले जनाएकाे छ ।
निर्धारित समयमै ज्येष्ठ नागरिकले भत्ता नपाउँदा औषधि उपचार, न्यानो कपाडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल खरिद गर्नबाट बञ्चित हुने गरेको ज्येष्ठ नागरिकको गुनासो रहेको छ ।
पालिकामा लेखापाल नहुँदा चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । लेखापालका रुपमा जेठबहादुर बुढा आएपछि पालिकाको आर्थिक काम सुरु छ ।
वडा नं १ देखि ४ सम्मका ज्येष्ठ नागरिकको भत्ता निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकिएको र बाँकी ६ वडाको ज्येष्ठ नागरिक भत्ता निकासा प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जानकारी दिएकाे छ ।
पालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भएका थिए । तर यहाँ अरु लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाज प्रभावित भएको थियो ।
मंसिर अन्तिम साताबाट बुढाको काज फिर्ता भइ पुन: सोरु गाउँपालिकामा हाजिर भएपछि कामकाज अघि बढेकाे हाे ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया