साेरुका जेष्ठ नागरिकलाई ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण

मुगु । सोरु गाउँपालिकाले करिब ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले रकम निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्ने थालेकाे हाे ।
चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्नुपर्ने भए पनि पालिकामा लेखापाल नहुँदा ६ महिनापछि भत्ता वितरण गर्नुपरेकाे गाउँपालिकाले जनाएकाे छ ।
निर्धारित समयमै ज्येष्ठ नागरिकले भत्ता नपाउँदा औषधि उपचार, न्यानो कपाडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल खरिद गर्नबाट बञ्चित हुने गरेको ज्येष्ठ नागरिकको गुनासो रहेको छ ।
पालिकामा लेखापाल नहुँदा चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । लेखापालका रुपमा जेठबहादुर बुढा आएपछि पालिकाको आर्थिक काम सुरु छ ।
वडा नं १ देखि ४ सम्मका ज्येष्ठ नागरिकको भत्ता निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकिएको र बाँकी ६ वडाको ज्येष्ठ नागरिक भत्ता निकासा प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जानकारी दिएकाे छ ।
पालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भएका थिए । तर यहाँ अरु लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाज प्रभावित भएको थियो ।
मंसिर अन्तिम साताबाट बुढाको काज फिर्ता भइ पुन: सोरु गाउँपालिकामा हाजिर भएपछि कामकाज अघि बढेकाे हाे ।


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया