आइतबार, माघ ६, २०८१

हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ २ गते १९:२१

काठमाडौँ । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगंगामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

भलवाडको कपिलधाममा सञ्चालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया