बर्दगोरियामा सडेको अवस्थामा एक जनाको शव फेला
मेरोन्यूज
२०७९ माघ १२ गते १६:४४
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो ।
शव पालिकाको वडा नम्बर २ का ४१ वर्षीय सुकै चौधरीको रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ । प्रहरीका अनुसार उनी माघ ३ गतेदेखि बेपत्ता थिए । उनको खोजीका लागि आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदनसमेत दिएका थिए । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन ठिक नभएको भनेर निवेदन आएको प्रहरीको भनाइ छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया