शुक्रबार, माघ १६, २०८२

धनुषामा प्रहरी हिरासत फोडेर भाग्ने मध्यका ३ पक्राउ

मेरोन्यूज २०७९ माघ १८ गते १०:२६

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् ।

गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए ।

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै पक्रेको जानकारी दिए । तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया