लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौं, मकवानपुर र कैलालीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ दलाचीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट, फेनारगन ७ हजार ३ सय एम्पुल, डाईजेपाम ७ हजार २ सय एम्पुल, नुर्फिन ५ हजार ८ सय एम्पुल र नगद ४ लाख ५ हजार रूपैयाँसहित सोलुखम्बु माप्यदुधकोशी गाउँपालिका–४ घर भएका ३५ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले शेर्पाको डेराकोठा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय सरोज भोलनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भोर्लेबाट रातोमाटे हाईवेतर्फ जाँदै गरेको ना।४० प ४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय सिरु रानासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया