शुक्रबार, माघ १६, २०८२

सशस्त्र मूख्यालयमा विकृतिको चाङ, बद्‍नामी कमाउ अड्डा जान लविङमा

आइजीपी अर्यालले बनाएकाे भेटघाटसम्बन्धी कार्यविधि अधिकृतहरूद्वारा उल्ल‌घन

मेरोन्यूज २०७९ माघ २७ गते १०:४०

काठमाडौं । सशस्त्र प्रहरीका केही बदनाम अधिकृतहरू आकर्षक बाहिनी र गुल्म कमाण्डका लागि एमाले र माओवादीका निकट नेताहरु भेटेर दबाब दिन थालेका छन् । गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैसँग राखेपछि धेरैजसो अधिकृतहरु माओवादी नेताहररू कहाँ पुग्‍न थालेका हुन् ।

प्रहरी महानीरिक्षक राजु अर्यालले ती बद्नाम पात्रहररूलाई संगठनमा जिम्मेवारी दिन नखोजेपछि शक्ति केन्द्र धाउन थालेका हुन् । बद्नाम पात्रका कारण संगठनको साख गिर्ने मात्र होइन बद्‍नामी समेत हुँदै आएको सन्दर्भलाई ध्यान दिएर आइजीपी अर्यालले जिम्मेवारी दिन नखोजेपछि उनीहरुले माओवादी र एमालेका नेताहरुलाई भेटेर दबाब दिन थालेको स्रोतको दाबी छ ।

‘तिमीहरुले को को लाई भेटेको भन्ने थाहा पाइसके ल ठिक छ अहिलेलाई भनेकै ठाउँमा पठाइदिन्छु तर सधै यस्तै त रहदैन होला नि’, शक्तिकेन्द्रको दबाब दिएर आकर्षक स्थानमा जान खोजेका एक अधिकृतलाई प्रहरी महानीरिक्षक अर्यालले चेतावनीको भाषामा भनेका थिए ।

कर्णाली प्रदेशबाट काठमाडौ आइपुगेका डिआइजीपी अभि खत्री , लेखा स्टोरमा भएको आगलागीमा मतियार बनेबापत कारबाहीको सिफारिस हुँदासमेत जोगिएका थिए । कर्णालीको बाहिनिपति हुँदा रासनमा अनियमितता गरेका उनी अहिले मधेस प्रदेशमा जान शक्तिकेन्द्र धाउन थालेका छन् ।

जबकी सशस्त्र प्रहरीले बाह्य दबाब कम होस् भन्ने उद्देश्यले भेटघाटसम्बन्धी कार्यविधि नै लागू गरेको छ । जुन उनका लागि होइन भन्ने जस्तो भएको छ । उनी रवि लामिछानेको सुरक्षा सल्लाहकार समेत रहेका छविलाल बन्जाडेका नातेदार हुन् भने एमालेका नेताहरुसँग उनको सम्बन्ध राम्रो रहेको जानकारहरू बताउँछन् । अहिले उनी दुबैतिर धाइरहेको स्रोतले जनाएको छ ।

यता कमजोर कमान्ड भएका एसएसपी कृष्ण ढकाललगायत पनि तालिमकेन्द्र जान लविङमा लागिरहेका छन् । अर्का बदनाम पात्र कानुनका एसएसपी युवराज अर्याल आफूबिना संगठन नै नचल्ने जसरी प्रधान कार्यालयमा अन्य प्रहरीहररूलाई अनावश्यक मुद्दा लगाइदिने धम्की दिएर बस्‍ने गरेका छन् । उनको हर्कत देखेर मुख्यालयमा हुटिट्याउंले आकास थामेको भन्दै हाँसो हुने गरेको छ ।

अर्का बदनाम पात्र एसएसपी होम ज्ञवालीका कारण संगठनको बेइज्जत हुने गरेको छ । तत्कालिन आइजीपी कोषराज वन्तले रोपेको विषको विरुवा जस्तै भएको एक महिने लेखा तालिम गरेर छुट्टै समूह बनाएका उनीहररूको गुटको कारण चेन अफ कमान्ड र फौजी संस्कार भताभुङ्ग भएको छ । सि सं ३ का डिएसपीमै थन्किरहँदा चोर बाटोबाट बनेको समूहका कारण अहिले सि सं. ४ का केही एसपीलाई सिसं. ३ का डिएसपीले सलाम गर्नुपर्ने अवस्था आएको छ ।

जसका कारण मुख्यालयमा हुने औपचारिक कार्यक्रममा ती दुई टोली भेट भए पनि एकअर्कालाई नदेखेको जस्तो गरेर हिड्ने गर्छन् । यता फिल्डमा कमजोर मानिएका एसपी टोपबहादुर डांगीलाइ बारा जिल्लाको जिम्मेवारी दिइएको छ ।

उनले केही अघि झुठो रिपोर्ट दिएर तीन जना एसपी मुख्यालय तानेका थिए । गत वर्ष कमाउ अड्डा नपाएपछि अनेक बहाना बनाएर कमान्ड नगएका एसपी समिक महर्जन शक्ति केन्द्रकै दबाबमा अहिले सेटिङमा कार्यदल गणमा जान सफल भएका छ्न् ।

प्रधानमन्त्री प्रचण्डसंग गोरु बेचेको साइनो समेत नभएका तर खुमलटारको खोक्रो धाक दिएर र फेसबुकमा लेखेर संगठनलाई तर्साउँदै आएका अर्का बदनाम पात्र डिएसपी दर्शन गिरी पनि सोही गणमा कार्यरत छ्न् । एसपी हुन नपाएको रिस उनले मातहतका कर्मचारीलाई देखाएको आरोप मुख्यालयसम्म पुगेको बताइन्छ । गणमा कार्यरत तल्ला तहका कर्मचारीमाथि उनको ज्यादती बढेको श्रोत बताउँछ । गिरीले आफू बढुवा हुन नपाएपछि वर्तमान आइजीपी अर्याललाई देखाइदिने चेतावनीयुक्त स्टाटस् लेखेर हटाएका थिए । यता भूकम्पले चर्काएको घर सेटिङ मिलाउँदै करोडौंमा बेचेर स्वयम्भूमा आलिसान बंगला बनाएका लेखाका डिएसपी महेन्द्र हमालको आम्दानीको श्रोत के हो भन्ने छानबिनको माग उठेको छ ।

केन्द्रीय लेखा एसपी सुरेश खतिवडा आएका छन् । बर्षौं केन्द्रीय लेखामा अड्डा जमाएका सइ लक्ष्मण पौडेलले पनि त्यही लेखाको बदमासीबाट कमाएर हलचोक नजिक बंगला बनाएका छन् । यी बदनाम पात्रको आम्दानीको श्रोत के हो भनेर खोज्नु पर्ने भएको श्रोतको दाबी छ ।

एउटै दर्जा भए पनि लेखामा काम गर्नेलाई राजा जस्तो मान्ने प्रवृत्ति सशस्त्रमा पुरानै हो । एउटा सइलाई ओइ भनेर बोलाउने गणपती लेखाको सइलाई एकाउनटेन्टसाब भनेर बोलाउँछन् । हलचोकमा वर्षौं डेरा जमाएका यस्ता साबहरुलाई कसैले हल्लाउन सक्दैन । यता जतिसुकै सरुवा नीति बनाए पनि केही ब्यक्ति १५ वर्षदेखि मुख्यालया डेरा जमाउन सफल भएका छन् ।

विदेश तालिम शाखाका डिएसपी मणिकर्ण राई, अनुगमनको नाममा मातहतका कार्यालयमा आतंक मच्चाउने डिएसपी सुदिप रेग्मी, ल्यापटपमा सचिवालय चलाउने डिएसपी बिनोद कार्की ,उमेश थापा , इन्सपेक्टर गोबिन्द कार्की, प्रदिप बुढाथोकी भर्ना शाखाका इन्सपेक्टर श्याम खकुरेल आदीले हालसम्म इमान देखिएका आइजीपी अर्याललाई बद्नाम गराउने कोसिस् गरिरहेका छन् । यी व्यक्तीमध्ये कतिपय १५ वर्षदेखि मुख्यालयमा छन् ।

यता सवारी शाखाका एसएसपी प्रमोद साहका कारण करिब आधा दर्जन नयाँ बस कबाडी बन्ने हालतमा छन् । खुल्ला आकाश मुनि राखिएका ती नयाँ गाडीलाई जस्ताको छानो समेत नहालिएको अवस्था छ । उनकै कारण सशस्त्रलाई करोडौ रुपैयाँ नोक्सानी भैरहेको मूख्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया