नेपाल बैंक र नागरिक लगानी कोष बीच सम्झौता

काठमाडाैं । नेपाल बैंक र नागरिक लगानी कोष बीच सम्झौता भएको छ । नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको हो ।
माघ २५ गते एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको शुरुवात गरिएको बैँकले जनाएकाे छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यवसायिक सम्वन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउदै बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले संचालन गरेका कार्यक्रमहरुलाई नेपालकै पहिलो बैंकले सधै साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाईन कारोवारमा पनि सोहि बमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेकाे बताए ।
नेपालभर २२६ शाखाहरु, २०२ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैँकिङ सेवा पू¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितोे र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया