शुक्रबार, माघ १६, २०८२

राष्ट्रपतिको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

मेरोन्यूज २०७९ माघ २८ गते १३:२३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् ।

राष्ट्रपति भण्डारीले शुक्रवार संघीय संसदको दुबै सदनलाई सम्बोधन गरेर बानेश्वरबाट निवास फर्किने क्रममा ट्रमा सेन्टर अगाडी डियुटीमा जाँदै गरेका नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।

त्यसरी चिकित्सिक कुटने प्रहरीका वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई निलम्बन गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए ।

प्रतिक्रिया