शाहरुख खानले लगाए पाँच कराेड पर्ने घडी

वलिउड अभिनेता शाहरुख खान पछिल्ला केही दिनयता आफ्नो फिल्म पठानका कारण लगातार चर्चामा छन् । चार वर्षपछि आएको उनको फिल्म ‘पठान’ लाई उनका फ्यानहरुले अत्याधिक माया देखाएका छन् । यो फिल्मले धेरै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ ।
यसैबीच, शाहरुख फिल्म ‘पठान’ को एक कार्यक्रममा नीलो रिस्ट घडी लगाएका देखिएका थिए । कार्यक्रममा उनको त्यो घडीले धेरैको ध्यान खिचेको थियो । योसँगै ‘क्रोनो२४’ वेबसाइटका अनुसार यो घडीको मूल्य ४.७ करोड रुपैयाँ रहेको छ ।
यसको मूल्य थाहा पाएर शाहरुखका फ्यानहरु छक्क परेका छन् । यो घडीको मूल्य मानिसको जीवनभरको कमाइ जत्तिकै रहेको उनीहरु बताउँछन् । जहाँ एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, ‘यति महँगो घडी किन्ने के आवश्यकता थियो । घडीले मात्र समय बताउँछ।’ अर्काले लेखे, ‘पूरा जीवनमा पनि शाहरुखले घडी लगाएको जति पैसा कमाउन सक्दिन।’ तेस्रोले लेखे, ‘यतिमा मुम्बईमा फ्ल्याट आउन्थ्यो।’
शाहरुख घडीका साैखिन हुन् । उनीसँग धेरै महँगा घडीको संग्रह छ ।









सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया