शाहरुख खानले लगाए पाँच कराेड पर्ने घडी

वलिउड अभिनेता शाहरुख खान पछिल्ला केही दिनयता आफ्नो फिल्म पठानका कारण लगातार चर्चामा छन् । चार वर्षपछि आएको उनको फिल्म ‘पठान’ लाई उनका फ्यानहरुले अत्याधिक माया देखाएका छन् । यो फिल्मले धेरै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ ।
यसैबीच, शाहरुख फिल्म ‘पठान’ को एक कार्यक्रममा नीलो रिस्ट घडी लगाएका देखिएका थिए । कार्यक्रममा उनको त्यो घडीले धेरैको ध्यान खिचेको थियो । योसँगै ‘क्रोनो२४’ वेबसाइटका अनुसार यो घडीको मूल्य ४.७ करोड रुपैयाँ रहेको छ ।
यसको मूल्य थाहा पाएर शाहरुखका फ्यानहरु छक्क परेका छन् । यो घडीको मूल्य मानिसको जीवनभरको कमाइ जत्तिकै रहेको उनीहरु बताउँछन् । जहाँ एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, ‘यति महँगो घडी किन्ने के आवश्यकता थियो । घडीले मात्र समय बताउँछ।’ अर्काले लेखे, ‘पूरा जीवनमा पनि शाहरुखले घडी लगाएको जति पैसा कमाउन सक्दिन।’ तेस्रोले लेखे, ‘यतिमा मुम्बईमा फ्ल्याट आउन्थ्यो।’
शाहरुख घडीका साैखिन हुन् । उनीसँग धेरै महँगा घडीको संग्रह छ ।
















पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया