शनिबार, माघ १७, २०८२

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

मेरोन्यूज २०७९ फागुन ६ गते १७:५५

सिरहा । बलात्कारको आरोपमा मिर्चैया नगरपालिका ४ कुथनुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोरलाई पक्राउ गरेको हो ।

किशोरले बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा बलात्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा इलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया