पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ पक्राउ

पाँचथर। पाँचथर प्रहरीले मोटरसाइकल चोरीमा संलग्नको आरोपमा आठजनालाई पक्राउ गरेको छ ।
पाँचथर र तेह्रथुमको विभिन्न स्थानहरुबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिबर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्बजनिक गरिएको छ ।
तेह्रथुमको आठराई गाँउपालिका–४ शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ हुन ।
यसैगरी, ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाएनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आजै प्रहरीले सार्वजनिक समेत गरेको छ ।
उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया