मध्यपुर थिमिका उप्रप्रमुखमाथि आक्रमण

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ ।
आइतबार विकास निर्माणमा सहजीकरण गर्न पुगेका उपप्रमुख श्रेष्ठमाथि स्थानीयले नगरबासीले आक्रमण गरेको हो । नेकपा एमाले मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं। ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आरोप लगाइएको छ ।
नगरको बालकुमारी हात्तीमहाकाल सडक अन्तर्गत वडा नम्बर ४ को दुई पोखरीमा ढुंगा बिछ्याउने कार्यमा अवरोध गरेपछि भएको विवादमा आक्रमण भएको हो । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० मध्यपुर थिमि नगर शिवसुन्दर श्रेष्ठले आइतबार नै विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विकास विरोधीहरु विकास निर्माण रोक्न तल्लो स्तरमै उत्रिएको आरोप लगाए । जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरुलाई उन्मुक्ति दिन नसकिने बताए । नगरपालिकाले कानुनी कारवाही अघि बढाएको उनले जनाए ।
जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता भएको जानकारी दिए । आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ ।
उपप्रमुख विजयकृष्णले विकास विरोधीहरु भौतिक आक्रमण मै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको बताएका छन् । आफूलाई यसले बिचलित बनाउन नसक्ने र गुण्डागर्दीदेखि नडराई अविचलित रुपमा जनसेवामा जुटिरहने उनको भनाइ छ ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया