शनिबार, माघ १७, २०८२

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

मेरोन्यूज २०७९ फागुन १५ गते १७:५५

रौतहट । जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट फागुन १५ गते सशस्त्र प्रहरीले करिब पाँच लाख ८० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो ।

बरामद लत्ता कपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।

प्रतिक्रिया