शनिबार, माघ १७, २०८२

आठ केजी गाँजा लुकाई राख्ने धरानबाट एक पक्राउ

मेरोन्यूज २०७९ फागुन १६ गते २१:१४

सुनसरी । धरान उपमहानगरपालिकाबाट ८ किलो गाँजासहित एक पक्राउ परेका छन ।

धरान उपमहानगरपालिका ६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका ३ का ५० वर्षीय लाल बहादुर लिम्वुलाई अवैध लागूऔषध गाँजा करिब ८  किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 
उनीमाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया