सैनिक हिरासतमा बन्दी बनाइएका दुई कर्णेललाई अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले सैनिक हिरासतमा बन्दी बनाइएका दुई कर्णेललाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीनदिन भित्रमा सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो। उनीहरुलाई अर्थिक अनियमितताको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । तर जंगी अडडाले भने नियनत्रणमा राखेको नभई अनुसन्धान मात्र भईरहेको बताईएको छ ।
सर्वोच्चले नेपाली सेनासँग लिखित जवाफ समेत माग गरेको छ।
दुवैजनाको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले बुधबार आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन सेनालाई आदेश दिएको हो।
नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि आर्थिक अनियमितताको आरोपमा अनुसन्धान गर्न कोर्टअफ इन्क्वेरी गठन भएको थियो। सोही कोर्ट अफ इन्क्वारीले अनुसन्धानका क्रममा आर्थिक अनियकितता भएको पाइएको र यी दुई कर्णेलको पनि संलग्नता देखिएको निस्कर्षसहित प्रतिवेदन दिएपछि सेनाले उनीहरुलाई पनि नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
उपरथी शाही भने यसअघिदेखि नै हिरासतमा छन्। सर्वोच्चकै आदेश अनुसार सैनिक मुख्यालय फर्किएका उनलाई सेनाले फर्किएकै दिन पक्राउ गरेर थुनामा राखेको छ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया