बिहीबार, चैत १२, २०८२

सेयर बजार राताम्मै, २६.४८ अंकले घट्यो

मेरोन्यूज २०७९ फागुन १८ गते १६:०३

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार भारी गिरावट आएको छ । नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पुगेको छ । यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । 

कारोबारका आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो । बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ । 

आज सबै उपसमूहहरुको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर करोबार घटेको हो । 
 

प्रतिक्रिया