हलमा ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’, कस्तो छ पहिलो दिनको अकुपेन्सी ?

काठमाडाैं । शुक्रबारबाट देशभर रिलिज भएका चलचित्र ‘छक्का पञ्जा-४’ र छड्के-२’ ले बक्स अफिसमा आफ्नो पहिलो दिन पार गरिसकेका छन् । रिलिजको पहिलो शुक्रबार भएकाले दुइ वटैको निर्माण टीममा शत प्रतिशत अकुपेन्सीको आशा रहेकाे थियाे । तर, हिजो हलहरूमा साेचेजस्ताे दर्शकको भिडभाड भने देखिएन ।
‘छड्के २’ भन्दा ‘छक्का पञ्जा ४’ को अकुपेन्सी तुलनात्मक रुपमा राम्रो छ । फिल्मको चौथो सिक्वल भएकाले पनि यसको हाइप उच्च रहेको थियो । चलचित्रको एडभान्स बुकिङ पनि बम्पर नै रहेको थियो । आठ देखि दश दजर्न सिनेमा घरमा रिलिज गरिएको फिल्म ‘छक्का पञ्जा ४’ले सिन्गल र पल्टीप्लेक्स दुबैमा राम्रो शो पाउन सफल भयो ।
पहिलाे दिनको ब्यापार हेर्दा छड्के २ को तुलनामा छक्कापञ्जा ४ ले बढी ब्यापार गरेकाे बताइएकाे छ । शनिबार यो क्रम बढ्ने देखिन्छ ।
अनमोल केसी स्टारर फिल्म भएकाले छड्के २ ले शनिबारबाट गति लिन सक्ने पनि देखिन्छ ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया