भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउँदै

काठमाडौं । भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्। उनी चैत २५ गते काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन्।
ह्यातमा हुने सिंहको कार्यक्रमको टिकटको मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको आयोजकले जानकारी दिए ।
‘साधारण टिकटको १ हजार रुपैयाँदेखिमाथि र भीआइपी टिकटको दुई हजार रुपैयाँभन्दा बढी हुन सक्ने छ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ आयोजक भन्छन् –‘प्रि–बुकिङका लागि सम्पूर्ण टिकट इ–सेवाबाट प्राप्त गर्न सकिन्छ ।‘
गायक सिंहका ब्लु आइज, धिरे धिरे र चार बोतल भोड्का लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने आयोजकटिमले बताएकाे छ ।
गायक सिंह भारतमा संगीत कम्पोजर, र्यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि सांगीतिक क्षेत्रमा कलाकारको रूपमा आफ्नो करियर थालेका थिए ।
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया